७ बैशाख २०८१, शुक्रबार

सेनाद्वारा जोखिममा परेका ३५ घर परिवारलाई सुरक्षित स्थानान्तरण


सुरक्षित स्थानान्तरण

दाङ । नेपाली सेनाले केही दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको बहाव बढ्न गई डुबानमा परी उच्च जोखिममा रहेका ३५ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

दाङको लमही नगरपालिका–८ सतवरियास्थित धनपुर्वा, दुगुर्वा र बग्रहवा तथा राप्ती गाउँपालिकाको सिसहनिया र अर्नहवा गाउँका डुबानमा परेका करिब दुई सय घरमध्ये उच्च जोखिममा रहेका ३५ घर परिवारलाई आज उद्धार गरी सुरक्षित स्थानमा लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले हाल उक्त क्षेत्रमा उद्धार कार्य जारी राखेको छ । पहिरोका कारण अवरुद्ध रहेको घोराही–लमही सडकखण्ड खुलाउने प्रयाससमेत भइरहेको सेनाले जानकारी दिएको छ । अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परी हालसम्म कुनै पनि मानवीय क्षति भने नभएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !