८ बैशाख २०८१, शनिबार

काठमाडौँको चन्द्रागिरिमा पहिरोले पुरिएर एकैपरिवारका ३ जनाको मृत्यु


काठमाडौँको चन्द्रागिरिमा पहिरो

काठमाडौं । काठमाडौँको चन्द्रागिरिमा पहिरोले पुरिएर एकैपरिवार ३ जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका- २ मसिनेमा ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।

पहिरो खस्दा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र उनको डेढ वर्षकी छोरी रहेका छन् । गएराति १२ बजे पहिरो खस्दा मृत्यु भएका तीनै जनाको शव भेटिसकेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !