७ बैशाख २०८१, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्रले यसवर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाउने


पूर्वराजा ज्ञानेन्द्र दशैको टीका फाइल फोटो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाउने भएका छन् । पूर्वराजा शाहले यसवर्षको विजया दशमीमा आफ्ना सुभेच्छुक तथा शुभचिन्तक सर्वसाधारणलाई टीका नलगाउने भएका हुन् ।

पछिल्लो समय स्वास्थ्य प्रकोपका रुपमा विकसित भएको डेंगुले जनजीवन आक्रान्त पारेको भन्दै पूर्वराजा शाहले सर्वसाधारणलाई दशैंको टीका नलगाउने भएका हुन् ।

शाहले यस वर्षको दशैंमा शक्तिपीठहरुको दर्शन पनि नगर्ने उनको पनि उनको सचिवालयले जानकारी दिएको छ । शक्तिपीठको दर्शन नगरेपनि शाहले निवासमै पूजाअर्चना गरी भक्तिभाव राख्ने पूर्वराजा शाहका सम्वाद सचीव फणिराज पाठकको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !