७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीले विशिष्ट र सर्वसाधारणलाई आज दसैंको टीका लगाइदिने


राष्ट्रपतिको हातबाट प्रधानमन्त्री ओलीले लगाए दशैंको टीका फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन राष्ट्रपति कार्यालय, शीतल निवासमा बडादसैँ २०७९ सालको टीका लगाइदिने कार्यक्रम रहेको छ ।

गत असोज १३ गते बिहीबार राष्ट्रपतिको कार्यालयले एक प्रेस नोट जारी गर्दै यस वर्षको विजया दशमीका दिन आज विभिन्न उच्च ओहदाका सरकारी अधिकारी र सर्वसाधारणका लागि छुट्टाछुट्टै समयमा टीका लगाइदिने तालिका सार्वजनिक गरेको थियाे ।

उक्त तालिका अनुसार विशिष्ट व्यक्तिहरूका लागि आज दिउँसो २ देखि ३ बजेसम्मको समय तय गरिएको छ । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो २ देखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरुलाई समय छुट्याइएको छ ।

यस्तै राष्ट्रपतिबाट टीका ग्रहण गर्न इच्छुक सर्वसाधारणले भने अपराह्न ३ बजेदेखि ५ बजेसम्म शीतल निवासमा समय तय गरिएको छ । राष्ट्रपति भण्डारीबाट टीका ग्रहणका लागि मर्यादित पोशाक लगाएर १ नम्बर प्रवेशद्वारबाट प्रवेश गर्नुपर्नेछ ।

यस्तो छ राष्ट्रपति कार्यालयले निकालेको प्रेस नोट

प्रेस नोट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !