१३ आश्विन २०८१, आइतबार

विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत अवस्थामा भेटिइन्


हिलारी नेल्सन

गोरखा । विश्वविख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सन मृत अवस्थामा भेटिएकी छन् । गोरखाको मनास्लु हिमालमा स्की गर्ने क्रममा बेपत्ता भएकी विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी मृत अवस्थामा फेला परेकी हुन् ।

गत सोमबारदेखि बेपत्ता भएकी उनलाई बुधबार बिहान मृत अवस्थामा भेटिएको सांग्रिला नेपाल ट्रेक्स प्रालिले जनाएको छ । मनास्लु आरोहण गरेर फर्किदा स्की गर्ने क्रममा उनी बेपत्ता भएकी थिइन् ।

उनको शव अहिले मनास्लु बेस क्याम्पमा छ । हेलिकोप्टरमार्फत सामागाउँ ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सामागाउँमा ल्याएपछि प्रहरी मुचुल्का बनाएर उनको शव काठमाडौं ल्याइने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !