७ बैशाख २०८१, शुक्रबार

सल्यानमा जीप दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु


दुर्घटना

सल्यान । सल्यान जिल्लामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । सल्यानको कपुरकोट गाउँपालिका–३ मुलपानीमा आज बिहानै जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार ९ जना सवार जीप बुधबार बिहान करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको हो । घाइते भएका ती १ जनाको दाङमा उपचार भइरहेको छ ।

मृतकको पहिचान भइसकेको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने काम भइरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !