१३ बैशाख २०८१, बिहिबार

चितवनमा राजमार्गका प्रचार सामग्री हटाइँदै


प्रचार सामग्री फाइल फोटो

भरतपुर । चितवनको इच्छाकामना गाँउपालिकाले राजमार्गमा राखिएका होर्डिङबोर्डका प्रचार सामग्री हटाउन सुरु गरेको छ । गाउँपालिकाको अनुमतिबिना अनधिकृतरूपमा राखिएका र सम्झौताको म्याद सकिएका प्रचार सामग्री हटाउन थालिएको हो ।

एक हप्ताको सूचना जारी गरेर प्रचार सामग्री हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि गाउँपालिका आफैँले हटाउन थालेको अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । उनले राजमार्ग क्षेत्रलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री सबै हटाइने र व्यवस्थित गरिने बताए ।

“गाउँपालिकालाई कर तिरेर व्यवस्थितरूपमा राजमार्गबाट १५ मिटर छाडेर होर्डिङबोर्ड राख्नुपर्छ, अन्यथा सबै खाली गर्छौँ”, उनले भने । धादिङको सिमाना मौवाखोला र भरतपुर महानगरपालिकाको सिमाना रिद्धीखोलासम्मको राजमार्ग क्षेत्र गाउँपालिकाको पर्छ । यस क्षेत्रमा झण्डै २४ कम्पनीका एक सय बढी होर्डिङबोर्ड रहेको गाउँपालिकाले जनाएको छ ।

घुमफिर वर्ष

बागती प्रदेश सरकारले यस वर्षलाई घुमफिर वर्षका रूपमा मनाउने भएको छ । बागमती प्रदेशभित्रका पर्यटकीयस्थलको प्रचार–प्रसार र पवद्र्धन गर्ने उद्देश्यले घुमफिर वर्ष मनाउन लागिएको हो ।

बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसका अवसर आज घुमफिर वर्ष २०७९/८० को शुभारम्भ गर्दैछ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले चितवनको सौराहाबाट घुमफिर वर्ष घोषणा गर्न लागिएको जानकारी दिइएको छ ।

कोभिड-१९ ले पर्यटन क्षेत्रलाई धेरै असर गरेको भन्दै यहाँको प्रकृतिक सांस्कृति सम्पदाको प्रवद्र्धन गर्न घुमफिर वर्ष मनाउन लागिएको बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयका शाखा प्रमुख उत्तम चापागाईँले जानकारी दिए ।

सौराहाबाट शुभारम्भ गरिएको कार्यक्रम प्रदेशका १३ वटै जिल्लामा सञ्चालन हुने उहाँको भनाइ छ । बागमती प्रदेशमा धेरै धार्मिक पर्यटकीयस्थल भएकाले तिनीहरूको उजारसँगै प्रचार–प्रसार गर्नका लागि बागमती प्रदेश सरकारले गत भदौ १६ गते गरेको निर्णयानुसार घुमफिर वर्ष मनाउन लागिएको कार्यालयका उपससचिव रमेश पौडेलले बताए ।

घुमफिर वर्षका अवसरमा बागमती प्रदेशभित्र रहेका सौराहासहित, सैलुङ, मुढे, खाँडादेवी मन्दिरलगायतका स्थानको प्रवद्र्धन गरिने उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !