७ बैशाख २०८१, शुक्रबार

हेटौडाको कर्रा खोलामा पौडी खेल्दा बेपत्ता तीन बालकको शव भेटियो


नदीमा डुबे

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ जना बालकहरूको शव भेटिएको छ । बालकहरू बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाको संयुक्त टोलीले खोजी गर्ने क्रममा उनीहरूको शव भेटिएको हो ।

आज शुक्रबार साँझदेखि बेपत्ता भएका ती बालकहरूको खोजी गर्दा केहि समयअघि मात्रै कर्रा खोलाको नागदह नजिकै शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर स्रोतले जनाएको हो ।

प्रहरीका अनुसार १७ वर्षीय साहिल लामा, १२ वर्षीय कासाङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको शव फेला परेको हो । उनीहरूको शवलाई अहिले पोस्टमार्टमका लागि हेटौंडा अस्पताल लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ ।

आज शुक्रबार साँझ पौडी खेल्न आएका ४ जना बालकहरूमध्ये ३ जना बालक बेपत्ता भएका थिए । उनीहरूमध्ये एक बालकको भने सुरुमै उद्धार गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !