११ बैशाख २०८१, मंगलबार

मध्यविन्दुमा वडा कार्यालय र प्रहरीको संयुक्त आयोजना सरसफाई कार्यक्रम


मध्येबिन्दु सरसफाई कार्यक्रम

नवलपुर । नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका-७ मा वडा कार्यालय र नेपाल प्रहरीको संयुक्त आयोजना सरसफाई कार्यक्रम आज भएको छ । नवलपुरको मध्येबिन्दु नगरपालिका-७ का वडा अध्यक्ष कर्णबहादुर मल्ल र नेपाल प्रहरीको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

मध्यविन्दु नगरपालिकाको सो वडामा सरसफाई ढलनिकास जस्ता अत्यावश्यक बस्तु बनाउन र सरसफाई गर्न सवै नागरिकको सहभागिता रहेको हो । करोडौं रुपैयाँका महल अगाडि ढल निकास नहुँदा यहाँ फोहर व्यवस्थापन हुन सकेको छैन ।

यहाँ अब सवै जुटेर काम गर्नुपर्ने समय आएको छ । नवलपुर मध्येविन्दु नगरपालिकाका भवन बनाउदा सबैभन्दा पहिले आ-आफ्नो अगाडि ढल निकास बनाउन सकेको भए राम्रो हुने देखिन्छ ।

एउटा गजबको कुरा के छ भने मध्येविन्दुका सरकारी भवनको अगाडि समेत ढल निकास छैन भने नागरिकले बनाउने त कुरै भएन । यसतर्फ सवैको ध्यान पुग्न जरुरी छ । विकास गर्न सवैले हातेमालो गर्न आवश्यक छ । एउटाले गर्ला र अर्कोले गरौंला होइन सवै मिलेर गर्न सके विकास तबमात्र विकास सम्भव हुने यहाँका सचेत नागरिकको धारणा रहेको छ ।

 सरसफाई कार्यक्रम मध्येबिन्दु सरसफाई कार्यक्रम मध्येबिन्दु सरसफाई कार्यक्रम मध्येबिन्दु सरसफाई कार्यक्रम मध्येबिन्दु सरसफाई कार्यक्रम मध्येबिन्दु सरसफाई कार्यक्रम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !