११ बैशाख २०८१, मंगलबार

कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी : २ जनाको मृत्यु


कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी

काठमाडौं । काठमाडौँ जिल्लाको कपन गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । यद्यपि अहिले पनि आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ ।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० मा सञ्चालित इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतले जनाएको छ ।

कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ । दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले पहिलो र दोस्रो तलाको आगो निभाएका छन् । घरको तेस्रो तलामा फैलिएको आगो नियन्त्रण लिने प्रयास जारी रहेको छ ।

अहिले दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । मृतकको पहिचान अहिलेसम्म खुलिसकेको छैन । स्थानीय टंक घिसिङको घरमा अचानक आगो फैलिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !