१२ बैशाख २०८१, बुधबार

काठमाडौँको गोठाटारमा गोली लागेर घाइते भएका मोहम्मदको मृत्यु


Fire

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली चलेको छ । आज साँझ अगाडि चलेको गोली लागेर घाइते भएका सर्लाही हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको छ ।

घाइतेको उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । उनलाई सोमबार साँझ बन्दुकधारी समूहले टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो ।

घटना बारेमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहरा र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनक भट्टराईलगायतको टोली अहिले घटनास्थलमा खटिएको थियो । गोली हानेर फरार व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाईँ गरिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !