बालेनको डोजर आज बालाजुतिर जाने, अवैध संरचना भत्काइने Nepalpatra बालेनको डोजर आज बालाजुतिर जाने, अवैध संरचना भत्काइने
१० मंसिर २०७९, शनिबार

बालेनको डोजर आज बालाजुतिर जाने, अवैध संरचना भत्काइने


महानगरको डोजर फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बालाजु-माछापोखरीका अवैध संरचना भत्काउने भएको छ । काठमाडौँ महानगरपालिका मेयर बालेन साहले अवैध संरचना भत्काउने अभियानलाई जारी राख्ने भएका हुन् ।

आज काठमाडौँको बालाजुस्थित गुणस्तर विभाग र किरियापुत्री भवन आसपासमा बनेका अवैध संरचना हटाउने कार्यतालिका रहेको छ । महानगरले यसअघि अवैध संरचना हटाउन दिएको अल्टिमेटम अटेर गरेपछि व्यवसायीले बनाएका संरचनामा डोजर चलाउन लगिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !