७ बैशाख २०८१, शुक्रबार

बुटवलबाट बेपत्ता भएका तीन बालक मुम्बईमा भेटिए


बेपत्ता

तिलोत्तमा । बुटवलबाट विद्यालय जान निस्केर बेपत्ता भएका तीन बालक मुम्बईमा भेटिएका छन् । बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएको आफन्तहरूले जनाएका थिए ।

अस्ति शुक्रबार साँझसम्म पनि घरमा नपुगेपछि सुरु भएको प्रहरीले खोजी जारी राखेकोले बालकहरू भेटिएको इलाका प्रहरी कार्यालय बुटवल स्रोतले बताएको छ । ती ३ जना बालकहरू आफन्तको सम्पर्कमा आएको र सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले हराएका बालकको खोजतलास जारी राखेकोले उनीहरु आफन्तको सम्पर्कमा आएको बताए ।

तीमध्ये लम्साल र पौडेल बुटवलको–११ देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर माविको कक्षा ९ मा र पन्थी नहरपुर माविको कक्षा ८ मा अध्ययनरत थिए । शुक्रबार विद्यालय जान्छौँ भनेर हिँडेका बालक सम्पर्कमा नआएपछि आफन्तले खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका थिए ।

नवीन औद्योगिक कदरबहादुर माविका प्रधानअध्यापक प्रेमबहादुर बस्नेतले विद्यार्थी शुक्रबार विद्यालय नआएका र ती दुवै विद्यार्थी पढाइमा मध्यम खालको रहेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !