८ बैशाख २०८१, शनिबार

दार्चुला बाढीपहिरोका मृतकका परिवारलाई एक लाख दिने प्रदेश सरकारको घोषणा


मन्त्री बडूले दार्चुलाका बाढीपीडितका लागि तत्काल राहत उद्धार कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज गृहजिल्ला दार्चुला पुगेका मन्त्री बडूले गएराति भएको बाढी र पहिरो प्रभावित क्षेत्रको क्षेत्रको आज निरीक्षण गर्दै पहिलो चरणमा राहतको कार्यक्रम ल्याइने जानकारी दिए ।

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलामा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले दार्चुलामा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

उनले प्रदेश सरकारकातर्फबाट उक्त रकम दिने घोषणा गरेका हुन् । बाढीपहिरो प्रभावितका लागि राहत र उद्धार सामग्री लिएर मन्त्री रावलसहितको टोली शनिबार दार्चुला पुगेको छ । त्यहाँ सुरक्षा निकायका अधिकारीहरूसितको छलफलका क्रममा मन्त्री रावलले यस्तो घोषणा गरेका हुन् ।

यस्तै, बाढीपहिरोमा परी घाइते भएकाहरूलाई उपचारका लागि जनही ५० हजार रुपैयाँ सहयोग उपब्लध गराउने उनले प्रतिबद्धता जनाएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूसँगै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रावल, सुदूरपश्चिमका वनमन्त्री मानबहादुर धामीसहितको टोली दार्चुला पुगेको छ ।

उनीहरुले बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुका साथै पीडित परिवारलाई भेटेका छन् । दार्चुलामा अविरल वर्षापछिको बाढीपहिरोमा परी पाँचजनाको मृत्यु भएको छ भने १० जना बेपत्ता छन् ।

मन्त्री बडूले दार्चुलाका बाढीपीडितका लागि तत्काल राहत उद्धार कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज गृहजिल्ला दार्चुला पुगेका मन्त्री बडूले गएराति भएको बाढी र पहिरो प्रभावित क्षेत्रको क्षेत्रको आज निरीक्षण गर्दै पहिलो चरणमा राहतको कार्यक्रम ल्याइने जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !