७ बैशाख २०८१, शुक्रबार

विश्वको नम्वर १ सेक्युरिटी कम्पनी G4S Nepal मा ७० जनालाई आकर्षक रोजगारीको अवसर


जि फोर एस नेपाल

काठमाडौँ । ISO 9001 : 2015 प्रमाणित अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वको नम्वर १ सेक्युरिटी कम्पनी जि फोर एस सर्भिसेज् नेपाल प्रा. लि.मा ७० जनालाई आकर्षक सेवा र सुविधासहित रोजगारीको अवसर खुलेको छ । जि फोर एस नेपालमा ७० जना भुपु सुरक्षा गार्डको आवश्यकता रहेको हो ।

ललितपुर जिल्लामा ७० जना भुपु सुरक्षा गार्ड आवश्यकता परेकोले इच्छुकले आवेदन दिन सक्नेछन् । भुपु सुरक्षा गार्डको आवश्यकता रहेकोले ८ कक्षा पास गरेका २८ वर्षदेखि ५० वर्षसम्मका कुनै पनि इच्छुक नेपाली पुरुष वा महिला नागरिकले भदौं २६ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् । आवदेकको न्युनतम तौल ५६ केजी र उचाई ५ फिट ५ इन्च हुनु पर्नेछ ।

उक्त कम्पनीले विगत २५ वर्षदेखि ४००० भन्दा बढी अनुभवी तालिम प्राप्त सुरक्षाकर्मी तथा सरसफाई श्रमिकमार्फत विभिन्न विदेशी राजदुतावासहरु, कुटनीतिक नियोगहरु, प्रतिष्ठित बहुराष्ट्रिय प्रतिष्ठानहरु, बैंकहरु, प्रतिष्ठित होटेलहरु, अस्पतालहरु, कलकारखानाहरुमा आफ्नो सेवा दिंदै आएको छ ।

हाल यस बहुराष्ट्रिय कम्पनीको लागि नेपाल अधिराज्यको विभिन्न स्थानमा विभिन्न पदमा सुरक्षा गार्ड तथा सरसफाई श्रमिकहरुको आवश्यकता रहेको र यस कम्पनीले श्रमिकहरुलाई दिने मासिक तलव भत्ता, उपदान, संचय कोष लगायतका सेवा सुविधा श्रम कानून बमोजिम हुने गरी दिएको हुँदा इच्छुक व्यक्ति (पुरुष तथा महिला) ले निम्न नम्वरहरुमा सम्पर्क गर्नुहुन सक्ने यस कम्पनीका मानव संसाधन प्रवन्धक विनोद प्रसाद मिश्रले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !