१३ बैशाख २०८१, बिहिबार

बुटवलमा ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु


दुर्घटना

बुटवल । बुटवलमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवलमा बुधबार मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबुछोराको मृत्यु भएको हो ।

आज दुई मोटरसाइकल एक आपसमा ठोकिएको र दुध बोक्ने गाडीले ठक्कर दिँदा बुटवल उपमहानगरपालिका-१३ बेलबासस्थित पुर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको हो ।

यस्तै उक्त दुर्घटनामा परी दुई जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा बुटवल बेलबासका अन्दाजी ४५ वर्षीय सोनु भट्टराई र उनका छोरा अन्दाजी ६ वर्षे निसान भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र बुटवल आउँदैगरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो । यस्तै दुर्घटनामा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल लु १ क ४४२४ नम्बरको ट्याङ्करमुनि गएको थियो ।

मोटरसाइकलमा सवार घाइते बाबु-छोराको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएपछि मृत्यु भएको प्रहरीले बताएको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको र दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी रहेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !