८ बैशाख २०८१, शनिबार

उपत्यकाका बार र क्लबमा महँगो ब्राण्डका नक्कली रक्सी बेच्ने गिरोह पक्राउ


नक्कली रक्सी बेच्ने गिरोह

काठमाडौं । काठमाडौँ उपत्यकाका बार र क्लबमा महँगो ब्राण्डका बोतलमा नक्कली रक्सी बेच्ने गिरोह पक्राउ परेको छ । नेपाल प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने ५ जनालाई पक्राउ गरेको हो ।

आज शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादनमा संलग्न ५ जनालाई सार्वजनिक गरेको हो । विभिन्न ब्राण्डका नाममा नक्कली मदिरा उत्पादन गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले छापा मारेको छ ।

विदेशी ब्रान्डका डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्स लगायतको ब्रान्डमा नक्कली मदिरा उत्पादन गरेर बेच्ने समूहलाई प्रहरीले काठमाडौँको कोटेश्वरस्थित हरि वलीको डेरा र भक्तपुरको चाँगुनारायण-२, दुवाकोटमा सञ्चालित दुई फ्याक्ट्रीमा प्रहरीले छापा मारेको हो ।

पक्राउ पर्नेमा दोलखाका हरि वली, भगवान बस्नेत, विशाल वली, रामेछापका मनोज खत्री र गोपी श्रेष्ठ रहेका छन् । उनीहरूले स्वदेशी मदिरामा थोरै विदेशी मिसाएर बोतलमा हालेर विभिन्न नाइट क्लब, लन्ज, डिक्सको, विभिन्न मदिराका डिलर, दोहोरी र डान्स बारमा बिक्री वितरण गर्ने गरेको भेटिएको प्रहरीले जनाएको छ ।

नक्कली रक्सी बेच्ने गिरोह नक्कली रक्सी बेच्ने गिरोह नक्कली रक्सी बेच्ने गिरोह नक्कली रक्सी बेच्ने गिरोहनक्कली रक्सी बेच्ने गिरोहनक्कली रक्सी बेच्ने गिरोह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !