४ बैशाख २०८१, मंगलबार

सुदूरपश्चिमको बाँकेमा भूकम्पको धक्का महसुस


भूकम्प

धनगढी । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिमको बाँकेमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाँकेको खडकवार हात्तीसार केन्द्रविन्दु भएर राति १ बजेर २८ मिनेट जाँदा ४.८ रेक्टर स्केल म्याग्नेच्युडको भूकम्प गएको हो ।

छिमेकी जिल्लाहरु कैलाली र कञ्चनपुरमा समेत भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !