१२ बैशाख २०८१, बुधबार

सुदूरपश्चिम प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा


सार्वजनिक बिदा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा आज भदौ १ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा आज बिदा दिइएको छ । सुदूरपश्चिमका पहाडी समुदायमा ओल्के पर्वको दिन आफन्त तथा इष्टमित्रहरुलाई मिठो मसिनो खानेकुरा र कोसेली दिने चलन रहिआएको छ ।

साउने झरी सकिए लगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन रहेको छ । ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ ।

आफूभन्दा ठुलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो-मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !