११ बैशाख २०८१, मंगलबार

आज फोहोरका १५२ गाडीहरु पुगे बञ्चरे डाँडा, भोलिबाट दैनिक २५० देखि ३५० पुग्ने


फोहोरका गाडीहरु

काठमाडौँ । आज फोहोरका १५२ वटा गाडीहरु बञ्चरे डाँडा पुगेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक संजाल फेसबुकमार्फत सो जानकारी दिएका छन् ।

उनका अनुसार कुनै अवरोध नभएमा भोलिबाट दैनिक २५० देखि ३५० गाडीहरु फोहोर बोकेर बञ्चरे पुग्ने बताएका छन् । तर काठमाण्डौँको ७५ गाडी र त्यति नै मात्रामा अरु पालिकाहरुबाट पनि दैनिक उत्सर्जन हुने भएकाले दैनिकरुपमा १५० गाडी फोहोरको व्यवस्थापन हुनु पर्नेमा उनले जोड दिएका छन् ।

उनले काठमाडौँ महानगरले कुनै पनि हालतमा सिसडोलको दुरावश्था बञ्चरेमा दोहोर्याउने नदिने पनि प्रतिबद्धता पनि जनाएका छन् । थुप्रिएका फोहोरहरुको व्यवस्थापन नभइ अन्य विकल्पहरुमा जानु व्यवहारिक रुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेको पनु उनले प्रष्ट पारेका छन् ।

उनले फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि योजनाहरु छन् र हदैसम्म प्रयास गरिने पनि जनाएका छन् । काठमाडौँ महानगरको अन्तिम लक्ष्य भनेको फोहोरको त्यस्तो व्यवस्थापन हो, जहाँ कसैले फोहोरले आक्रन्त हुनु पर्दैन, कसैले गुमाउनु पर्दैन र सबैको साझा जित हुने पनि उनले बताएका छन् ।

मेयर साहले यसैले नियमित अवस्थामा पुग्न केहि समय लाग्ने भएकोले यसमा सबैको सहकार्यको आवश्यकता भएको पनि उनले बताएका छन् । यसका लागि अवरोध नगर्ने स्थानीय, फोहोर संकलन तथा लैजान सफाइ कर्मचारी तथा चालकहरु तथा अवरोध खुलाउँन क्रियाशील सुरक्षाकर्मी तथा सम्बद्ध सबैलाई धेरै धन्यवाद ज्ञापन पनि उनले गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !