पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध Nepalpatraपहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
३० श्रावण २०७९, सोमबार

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध


नारायणगढ-मुग्लिन सडक

काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका-२९ केराबारीमा पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो ।

ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार केरावारी मौरी खोला पुल नजिकै लेदो सहितको पहिरो खसेपछि गएराति २ बजेदेखि आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ ।

दुईतर्फी सडक अवरुद्ध भएपछि सवारी साधनको लाम लागेको छ । पहिरो पन्छ्याउँदै सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । पहिरो हटाउन दुईवटा डोजर प्रयोग भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !