७ बैशाख २०८१, शुक्रबार

चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ


पक्राउ

काठमाडौं । चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् । हिजो बुधबार राती लैनचौरबाट चिनियाँ नागरिकलाई अपहरण गरी गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ जनालाई प्रकाउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरूले चिनियाँ नागरिकसँग एक करोड फिरौती समेत माग गरेका थिए । उनीहरुले चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइल समेत लुटेर लगेको आरोप लागेको छ ।

यद्यपि परिसरले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन । उनीहरूमाथि म्याद थप भइसकेपछि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । अपहरणमा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने भन्दै खोजी भइरहेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !