कपिलवस्तुमा मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्किदा २ जनाको मृत्यु Nepalpatraकपिलवस्तुमा मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्किदा २ जनाको मृत्यु
३० श्रावण २०७९, सोमबार

कपिलवस्तुमा मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्किदा २ जनाको मृत्यु


दुर्घटना

चन्द्रौटा । कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान २ जनाको ज्यान गएको छ । बाणगङ्गा नगरपालिका–२ पिपराको मेचकुरीबाट लखनचोक आउँदै गरेको लु६४प ५७६२ नंका मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्किएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबावु केसीले बताए ।

दुर्घटनाबाट मोटरसाइकल चालक बाणगङ्गा–२ निवासी २५ वर्षीय रमेश विक र २७ वर्षीय गोपाल विकको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !