७ बैशाख २०८१, शुक्रबार

स्थानीयको घोषणा : भदौ १ देखि सिसडोल र बञ्चरेडाँडामा फोहोर फाल्न नदिने


बञ्चरेडाँडामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं । स्थानीय बासिन्दाले आगामी भदौ १ देखि काठमाडौं उपत्यकाको सिसडोल र बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका छन् । आज बिहीबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरेर बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले भदौ १ देखि उपत्यकाको फोहोर बञ्चरेडाँडामा फाल्न नदिने घोषणा गरेका हुन् ।

सरकार र महानगरले यसअघि गरेको सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको हो । गत जेठ २७ गते भएको सम्झौता कार्यान्वयन गर्न सरकार र काठमाडौं महानगरपालिकाले कुनै कदम नचालेको स्थानीयले आरोप लगाएका छन् ।

सरकारले पटक-पटक सिसडोल र बञ्चरेडाँडाका बासिन्दालाई धोका दिँदै आएको संघर्ष समितिको निष्कर्ष छ। समितिले सो विषय प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालयमा समेत जानकारी गराइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !