१३ बैशाख २०८१, बिहिबार

भिजिट भिसामा विदेश गएर काम नगर्न गृह मन्त्रालयको आग्रह


गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर श्रम नगर्न आग्रह गरेको छ । गृहले विदेशमा रोजगारीका लागि जाने नेपालीहरुको स्थानीय तहले पनि अभिलेख राख्न अनुरोध गरेको छ ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज बुधबार विज्ञिप्त जारी गर्दै सम्बन्धित निकायबाट प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लगायतका प्रक्रिया पूरा गरेरमात्र विदेश जान आग्रह गरेको हो ।

गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर काम गर्दा बिमा, क्षतिपूर्ति, राहतलगायतका सुविधाबाट वञ्चित हुने भएकाले अलपत्र परेका नेपालीहरुलाई उद्दारमा समेत कठिनाइ हुने स्पष्ट पारेको छ।

गृहले भिजिट भिसामा विदेश जानेहरुले घुम्ने प्रयोजनमात्र बनाउनुपर्ने र भिजिट भिसाको प्रयोग गरी श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न आग्रह समेत गरेको छ । गृहले गैरकानुनी ढंगले विदेश गएर दुःख पाएका नेपालीहरुको उद्दार गर्नसमेत कठिनाइ हुने स्पष्ट पारेको छ ।

यस्तो छ हेर्नुहोस् गृह मन्त्रालयको आग्रह

गृह मन्त्रालयको आग्रह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !