१३ बैशाख २०८१, बिहिबार

यात्रुबाहक बस दुर्घटना भई आगलागी हुँदा ३३ जना यात्रु घाइते


यात्रुबाहक बस दुर्घटना भई आगलागी तस्वीर सौजन्य : प्रदिप खरेल

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिर नजिक बस दुर्घटना भई आगलागी भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ५१०० नंको बस अनियन्त्रित भई सडकबाट उत्तरतर्फ पहाडमा ठोक्किँएको प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए । आगलागीबाट यात्रु घाइते भएका हुन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको महर्जनले बताए ।

घाइते आठ यात्रुको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज र अन्यको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !