७ बैशाख २०८१, शुक्रबार

सवारी साधनको ठक्कर र दुर्घटनामा परी ४ जनाको मृत्यु


दुर्घटना

बिराटनगर । प्रदेश १ मा सवारी साधनको ठक्कर र दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । संखुवासभा र मोरङमा हिजो भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको हो भने झापा र सुनसरीमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको हो ।

संखुवासभा र मोरङमा हिजो दिउँसो सवा ११ बजे संखुवासभाको खाँदबारी नगरपालिका-९ स्थितमा बा.२० च ९५०२ नम्वरको स्कारपियोले पैदल यात्री षडानन्द नगरपालिका-५ भोजपुरकि भुमिका बिष्टको ३ बर्षीया छोरी मनिषा बिष्टलाई ठक्कर दिंदा घाईते भई उपचारको लागि स्थानिय मनकामना अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका-१० स्थित राजमार्गमा मे.१ ख ३२३० नम्बरको बसले को.३७ प १४३५ नम्बरको मोटरसाईललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक इटहरी उपमहानगर पालिका-२० तरहरा सुनसरीका २६ बर्षीय रोयल राईलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर पुर्‍याउनासाथ मृत्यु भएको हो । ठक्कर दिने दुवै सवारी र चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

त्यस्तै झापा र सुनसरीमा हिजो बेलुका ४ बजे झापाको कमल गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा प्रदेश १-०१-०१३ प ४३४२ नम्वरको स्कुटरले ठक्कर दिई दुर्घटना हुंदा घाईते भएकी पैदल यात्री स्थानिय ७० बर्षीया मनमाया बास्कोटाको बिएनसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने स्कुटर र चालक कमल गाउँपालिका-२ का कृष्ण भण्डारीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । साथै राती साढे ९ बजे सुनसरीको रामधुनी नगरपालिका-७ स्थित सडक खण्डमा प्रदेस १-०२-०४७ प ७९४ नम्वरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा घाईते भएका मोटरसाईकल चालक इटहरी उपमहानगरपालिका-१६ का १८ बर्षीय कृष्ण चौधरीको बिराटनगर स्थित बिराटनर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !