१३ बैशाख २०८१, बिहिबार

सार्वजनिक बिदामा चल्ने झण्डावाल र अत्यावश्यक सरकारी गाडीको चाबी नखोस्नू : गृह मन्त्रालय


गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक बिदाका दिनमा चल्ने झण्डावाल र अत्यावश्यक सरकारी गाडीको चाबी नखोस्न निदेशन दिएको छ ।

गृह मन्त्रायका उपसचिव वसन्त भट्टराईले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदामा चल्ने झण्डावाल र अत्यावश्यक सरकारी गाडी चलाउन सवारी पास आवश्यक नपर्ने स्पष्ट पारेका हुन् ।

मन्त्रालयले सार्वजनिक बिदाको दिनमा सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सरकारी सवारी साधन रोक्ने, चाबी खोस्ने लगायतका काम भइरहेको हुँदा ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी साधनहरुलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने बताएको हो ।

केही दिनदेखि सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको सरकारी सवारी साधन रोक्ने, चावी खोस्ने लगायतका गतिविधिहरु भएको थियो ।

मन्त्रालयले हिजो सचिव स्तरको निर्णय गर्दै अत्यावश्यक सरकारी सवारी साधनहरुलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने हुँदा सोही बमोजिम आवश्यक व्यवस्था मिलाउन प्रहरी प्रधान कार्यालय, नक्साल र सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र समेत गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !