८ बैशाख २०८१, शनिबार

मोरङबाट दुई किलोे युरेनियम जस्तो देखिने पदार्थसहित १५ जना पक्राउ


१५ जना पक्राउ

विराटनगर । मोरङ जिल्लाबाट प्रहरीले दुई किलोे युरेनियम जस्तो देखिने पदार्थसहित १५ जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीले युरेनियम जस्तो देखिने पदार्थसहित छुट्टाछुट्टै दुई स्थानबाट १५ जनालाई पक्राउ गरेको हो ।

गत साउन १ गते विराटनगर महानगरपालिका-९ स्थित ट्राफिक चोकमा रहेको ठुलदाइको होटलबाट प्रहरीले १ केजी ८७.३ ग्राम युरेनियम जस्तो देखिने पदार्थसहित ८ जना पक्राउ परेका थिए । युरेनियम जस्तो पदार्थ लिई बिराटनगरको ठुल्दाई होटलमा केही ब्यक्तिहरु बसेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका ७ का ४१ बर्षीय शिव शंकर पासवान, धनपालथान गाउँपालिका-४ का ३७ बर्षीय मुकेश कुमार साह, धनपालथान गाउँपालिका-७ का ४३ बर्षीय प्रदिप पुरी, कटहरी गाउँपालिका-२ का ४० बर्षीय दिलिप कुमार शर्मा, बिराटनगर-१२ का ४६ बर्षीय फटिक कुमार कार्की, माप्यदुधकोशी गाउँपालिका-७ सोलुखुम्बुका ३५ बर्षीय गोपाल मगर, हलेसी नगरपालिका-९ खोटाङका ३२ बर्षीय किरन राई र धनपालथान गाउँपालिका-७ का ४४ बर्षीय लक्ष्मण शर्मालाई १ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै हिजो साउन ३ गते विराटनगर महानगरपालिका-३ स्थित दुध फारमबाट पनि ९७८.६ ग्राम युरेनियम जस्तो देखिने पदार्थसहित ७ जना पक्राउ परेका हुन् । बिराटनगरकै दुधफारममा समेत केही ब्यक्तिहरु रहेको भन्ने सूचनाका आधारमा उक्त स्थानमा खटिएको प्रहरी टोलीले उक्त स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गण्डकी गाउँपालिका-८ गोरखाका ४५ बर्षीय जिवन गुरुङ, मङहा नगरपालिका-६ महोत्तरीका, ४२ बर्षीय अब्दुल गनी खान, बर्दिवास नगरपालिका-१२ महोत्तरीका ३० बर्षीय चन्दन कुमार महतो, ग्रामथान गाउँपालिका-३ मोरङका ५५ बर्षीय रबिन्द्र गच्छदार, बागमती गाउँपालिका-५ मकवानपुरका ३६ बर्षीय दिपक कुमार भ्लोन, मनराषिशवा नगरपालिका-३ महोत्तरीका ४९ बर्षीय उमेश प्रसाद यादव र कमलामाई नरगपालिका-५ सिन्धुलीका २८ बर्षीय श्याम घिमिरे रहेका छन् ।

मोरङ प्रहरीले विराटनगरका यी छुट्टाछुट्टै स्थानबाट दुई वटा समूहलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी राखेको छ । बरामत भएको युरेनियम जस्तो देखिने वस्तु परीक्षणका लागि पठाइएको छ ।

नेपालमा पहिलोपटक २०७७ फागुन २७ गते युरेनियम बरामद भएको थियो । २२ करोड अमेरिकी डलर पर्ने भनिएको सो युरेनियम काठमाडौं बौद्धबाट बेच्न खोज्दा सूचना चुहिएर बरामद भएको थियो ।

रामेछाप स्थायी घर भएका अम्बर तामाङले २० वर्षअघि भारतबाट नेपाल फर्कंदा युरेनियम ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । नेपाल प्रहरीलाई युरेनियमको कारोबारबारे भारतले मात्र होइन, अमेरिकी दूतावासले पनि सूचना दिँदै आएको छ ।

फेला परेको युरेनियम जस्तो देखिने पदार्थ
फेला परेको युरेनियम जस्तो देखिने पदार्थ

यो पनि पढ्नुहोस्

युरेनियम खोज्दै भारतीय सुरक्षा टोली नेपालमा

काठमाडौँमा २.५ किलो बहुमूल्य युरेनियम बरामत, ४ जना अभियुक्त पक्राउ

युरेनियम (Uranium) भनेको के हो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !