८ बैशाख २०८१, शनिबार

देवलाल काफ्ले मध्यविन्दुको दर्पण एफएम ९९.२ को अध्यक्षमा मनोनयन


देवलाल काफ्ले

नवलपुर । नेपाल वैकल्पिक चिकित्सा विकास परिषद् मध्येविन्दु नगरपालिका नवलपुरका कोषाध्यक्ष देवलाल काफ्ले मध्यविन्दु नगरपालिकाको दर्पण एफएम ९९.२ को अध्यक्षमा मनोनयन भएका छन् ।

यस परिषद्को तर्फबाट अध्यक्ष डा. राम बहादुर बोहराको तर्फबाट उनलाई सफल कार्यकालको लागि हार्दिक शुभ कामना व्यक्त गरिएको छ । साथै यस परिषद्को हितमा पनि केही विकास हुन सक्ने विश्वास लिएको छ ।

हाम्रो उद्धेश्य समाजमा सर्व सुलभ तरिकाले जडिबुटीको माध्यमबाट र स्वास्थ्य शिविरको तर्फबाट निरन्तर नि:शुल्क स्वास्थ्य सेवा दिँदै आएको कुरा सर्वविदितै छ ।

अब यसको विकासमा पनि थप सहयोग हुने छ भन्ने हामीले विश्वास लिएका छौं । हरेक कामको पछाडि मेडियाको पनि हात हुन्छ । यस संघमा उनले ठूलो योगदान पुर्याउनु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !