६ बैशाख २०८१, बिहिबार

भारतीय दूतावासका सुरक्षाकर्मीद्वारा आफैंलाई गोली हानेर आत्महत्या


Fire

काठमाडौँ । काठमाडौंस्थित भारतीय दूतावासमा एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् । दूतावास स्रोतका अनुसार भारतको उत्तराखण्ड घर भएका ती सुरक्षाकर्मीले आज सोमबार बिहान ९ बजेअघि नै आफूलाई गोली प्रहार गरेका थिए ।

भारतीय दूतावास स्रोतका अनुसार बिहान ९ बजे कार्यालय खोल्नुभन्दा अघि नै निजले आफैलाई गोली हानेर ती सुरक्षाकर्मीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यो विषयमा भारतीय सुरक्षाकर्मीले नै अनुसन्धान जारी राखेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !