पाँचथर पहिराे अपडेट : पुरिएका ३ जनामध्ये एक जनाको शव फेला Nepalpatraपाँचथर पहिराे अपडेट : पुरिएका ३ जनामध्ये एक जनाको शव फेला
३० श्रावण २०७९, सोमबार

पाँचथर पहिराे अपडेट : पुरिएका ३ जनामध्ये एक जनाको शव फेला


पाँचथरमा पहिराे

पाँचथर । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका-७, बिदिनमा हिजो शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुरिएर बेपतामध्ये ४२ वर्षिय रुपलाल मगर पुरिएकाे अवस्था मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । उनको शव शनिबार बिहान ८ः१५ बजे फेला पारिएकाे प्रहरीले बताएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरको जानकारीअनुसार स्थानीय ७१ वर्षिय दल प्रसाद मगरको घर पहिरोले बगाएको हो । मगरलाई तत्काल प्रहरीले सकुशल उद्धार गरेको प्रहरीले बताएको छ । अन्य दुई जना ३८ वर्षिय गोमा मगर र १९ वषीए एलिसा मगर बेपत्ता भएको प्रहरीले बताएको छ ।

बेपत्ताहरुको उद्धार कार्य जारी रहेको तर बेपत्ताहरु फेला पार्न नसकिएको प्रहरीले बताएको छ । बेपत्ताहरुको खोजी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !