१२ बैशाख २०८१, बुधबार

यौन दुर्व्यवहारको आरोपमा कम्प्युटर इन्स्टिच्युटका सञ्चालक महतो पक्राउ


पक्राउ

विराटनगर । युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगरको एउटा कम्प्युटर इन्स्टिच्युटका सञ्चालकलाई प्रहरीले आज सोमबार दिउँसो पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–५ बरगाछीस्थित कान्तिपुर इन्स्टिच्युटका सञ्चालक ३७ वर्षीय गुनानन्द महतोलाई पक्राउ गरिएको हो । १९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा महतोलाई पक्राउ गरेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

युवतीलाई एक्लै भएको अवस्थामा महतोले संवेदनशील अंगमा हात पुर्‍याएर दुर्व्यवहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पीडित युवतीले दिएको जानकारीका आधारमा घटनाको अनुसन्धान सुरु गरी महतोविरुद्ध कानुनी कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइँदै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !