७ बैशाख २०८१, शुक्रबार

२ करोड घुस डिल संवादमा मुछिएका न्यायाधीश कोइराला ‘निलम्बित’


राजकुमार कोइराला

काठमाडौँ । २ करोड घुस डिल संवादमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला ‘निलम्बित’ भएका छन् । सिभिल सहकारीका पूर्व अध्यक्ष एवं व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच १० करोड घुस डिल गरेको अडियो सार्वजनिक भएपछि न्यायपरिषद बैठकले छानबिन गर्न तीन सदस्यीय समिति गठन थियो ।

सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेकोमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरेका थिए ।

छानबिन समिति गठन बारेको सूचना आज सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् । परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित जाँचबुझ समितिलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।

छानबिन समितिमा न्याय परिषद् सदस्य श्रेष्ठका संयोजक, सदस्य पाटन उच्च अदालतका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र अर्को न्यायाधीश महेश शर्मा पौडेल रहेका छन् । परिषद्का प्रवक्ता कार्कीका अनुसार समितिलाई कार्य अवधि ४५ दिन दिइएको छ ।

उक्त सहकारीबाट वचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका तामाङसहितलाई धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच कुराकानी भएको श्रव्य सामग्री सार्वजनिक भएको थियो ।

 न्यायाधीश ‘निलम्बित’

यो पनि पढ्नुहोस्

न्यायाधीश कोइरालामाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन

न्यायाधीश र वकिलबीचको वार्ताबारे सत्य अनुसन्धान गर्न बारको माग

२ करोड घुस डिलमा न्यायाधीश र वकिलबीच यस्तो भएको थियो संवाद

इच्छाराजलाई छुटाउन न्यायाधीश र वकिलबीच १० करोड घुस डिल गरेको अडियो सार्वजनिक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !