१२ बैशाख २०८१, बुधबार

चितवनमा बाघको आक्रमणबाट थप एक महिलाको मृत्यु


Tiger फाइल फोटो

चितवन । चितवनमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । पश्चिम चितवनमा आज मंगलबार दिउँसो चार बजे बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हुनेमा भरतपुर महानगरपालिका-२३ घौलाघारी बस्ने ५५ वर्षीया मंगली बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक वनमा आज दिउँसो निहुरो टिप्न गएका ४ जनामध्ये बोटेलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणमा परी मृत्यु भएकी महिलाको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् ।

यसअघि चितवनमा चालू आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा बाघको आक्रमणबाट १३ जनाको मृत्यु भएको थियो । चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको छ ।

यो पनि पढ्नुहोस्

चितवनमा जंगली जनावरको आक्रमण : १ वर्षमा २२ जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !