४ बैशाख २०८१, मंगलबार

दूध ट्यांकरको ठक्करवाट भक्तपुरमा स्कुटर चालकको मृत्यु


दुर्घटना

काठमाडौं । भक्तपुरमा ट्यांकरको ठक्करवाट स्कुटर चालकको मृत्यु भएको छ । भक्तपुरको लोकन्थलीमा दूधको ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।

बा ०१ ००४ क ०५८० नम्बरको ट्याङकरको ठक्करबाट बा ०२०२५ प १६२० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्यांकरले ठक्कर दिँदा जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-५ बस्ने वर्ष ४५ वर्षीय स्कुटर चालक नकुल थापाको गट्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा ट्याङकर चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने वर्ष ३५ को राजन ब्यान्जुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयको विरोधपछि स्थिति तनावग्रस्त बनेको उक्त क्षेत्र अहिले सामान्य अवस्थामा फर्केको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !