६ बैशाख २०८१, बिहिबार

पश्चिम नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्यो


Fire

नवलपरासी । पश्चिम नवलपरासी जिल्ला अदालत परिसरमा गोली चलेको छ । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको हो ।

जग्गा अंशवण्डा गर्ने विषयमा विवाद भएपछि गोली चलेको हो । अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अंश मुद्दामा उनीहरुबीच सोमबार मिलापत्र गर्ने तयारी गरिएको थियो । उनले दिउँसो ३ एक राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय स्रोतले बताएको छ ।

यद्यपि गोली भने कसैलाई पनि लागेको छैन । गोली चलाएर उनी फरार रहेको प्रहरीले जानकारी दिएको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !