७ बैशाख २०८१, शुक्रबार

काठमाडौंका मेयरमा निर्वाचित भएकै दिन बालेन पुगे सिसडोल र बन्चरेडाँडा


वालेनद्वारा ल्यान्डफिल साइटको अवलोकन

काठमाडौं । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले आज सिस्डोल र बञ्चरेडाँडाको ल्यान्डफिल साइट अवलोकन गरेका छन् । सिसडोल र बन्चरेडाँडामा केही दिनदेखि फोहोर फाल्न गएका गाडीलाई स्थानीय बासिन्दाले विभिन्न स्थानमा अवरोध गरिरहेका छन् ।

आज विहान मात्रै औपचारिक रुपमा मेयरमा निर्वाचित भएका साह धन्यवाद र्‍यालीमा सहभागी भएलगत्तै सिसडोल र बन्चरेडाँडा गएका थिए । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले उपत्यकाको फोहर व्यवस्थापन सम्बन्धि जानकारी लिन त्यहाँ डम्पिङ साइट पुगेका हुन् ।

मेयर साहले शुक्रबार साँझ त्यहाँ पुगेर स्थानीयहरुको माग सम्बोधन गर्न योजना पनि बनाइसकेको बताएका छन् । फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तर्वार्ता समेत नदिने उनले घोषणा समेत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !