१२ बैशाख २०८१, बुधबार

जिल्ला आयुर्वेद औषधि व्यवसायी संघको दोस्रो बैठक सम्पन्न


जिल्ला आयुर्वेद औषधि व्यवसायी संघ

नवलपुर । आज जेष्ठ ७ गते शनिबार जिल्ला आयुर्वेद औषधि व्यवसायी संघको दोस्रो बैठक सम्पन्न भएको छ । आजको बैठकमा आयुर्वेदलाई उचित व्यवस्थापन गर्ने सम्बन्धमा बृहत छलफल भएको थियो । आजकाल गाडी लिएर सवै रोगको उपचार गर्ने भन्दै माइकिङ गर्नेहरूलाई रोक्नुपर्ने जस्ता विषयमा बक्ताहरुले यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरालाई पहिलो एजेण्डा बनाइएको थियो ।

अर्कोतिर झोलामा औषधि लिएर गाउँ-गाउँमा उपचार गर्दै हिड्ने केही व्यक्तिहरूको बारेमा यस संघमा उजुरी हालेको हुनाले यस्तो कार्य कोही कसैबाट नहोस् यदि भएमा कानुनी बाटोमा लाग्ने सर्ब सम्मत बाट पारित गरिएको थियो । चाहे जेहोस् जो कोही बाट गलत काम नहोस् भन्ने कुरालाई बढि प्राथमिकता दिइएको थियो ।

लाखौं रुपैया खर्च गरेर पढ्ने र पसल राखेर सरकारलाई कर तिर्नुपर्ने भएको परिपेक्षमा यसरी झोलामा औषधि लिएर औषधि बेच्दा करमा समेत मार पर्ने हुनजान्छ । यस्तो कार्य रोकेर दर्ता प्रक्रिया पुरा गरेर पसल राखेर बेच्ने काम गरेमा कर उठ्ने हुनाले यस्तो काम रोक्नुपर्छ भन्ने सबैको माग थियो ।

त्यस्ता व्यक्ति वा कम्पनीले पेसाको गरिमालाई ध्यानमा राखेर औषधि बिक्री गर्नुपर्ने भए आयुर्वेद औषधालय लाई नै दिएर व्यापार बढाउन सुझाव समेत दिइएको छ । स्वास्थ्य जस्तो क्षेत्रमा लापरबाही नहोस् भन्ने कुरामा यो संघको विषेश ध्यान पुगेको देखिन्छ । आज आयुर्वेद क्षेत्रमा भएका कमि कमजोरी हटाएर यसलाई व्यवस्थित र मर्यादित बनाउने काममा सवैको ध्यान पुग्ने छ भन्ने यस नेपाल आयुर्वेद औषधि व्यवसायी संघ हार्दिक अपिल गर्दछ ।

उपस्थित

अध्यक्ष : श्री गणेश आचार्य
उपाध्यक्ष : पार्वती कंडेल ( एमालेबाट खुला वडा सदस्यमा विजयी हुनुभएको छ)
सचिव : अशोक नेपाली
कोषाध्यक्ष : दिपक कंडेल
सदस्यहरु
मिना सापकोटा
मेनुका अधिकारी
पवन न्यौपाने
कृष्ण विक
बरिष्ठ सल्लाहकार : डा. राम बहादुर बोहरा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !