६ बैशाख २०८१, बिहिबार

डोटी बस दुर्घटनामा घाइते १२ जनामध्ये ५ को अवस्था गम्भीर, एक बालक बेपत्ता


डोटी बस दुर्घटना

डोटी । डोटीमा आज बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा परी घाइते भएका १२ मध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिए ।

उक्त दुर्घटनमा एक बालक बेपत्ता भएका छन् । अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नंको रात्रिबस आज बिहान ५ बजे शिखर नगरपालिका–१ गेरुपानी सडकखण्डमा दुर्घटनामा परेको थियो । अन्य घाइतेकोे पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

तीव्रगतिमा रहेका बसका चालक निदाएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट २० मिटर तल सेती नदीको किनारमा खसेको छ । बस चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !