६ बैशाख २०८१, बिहिबार

विश्वमै बढ्दैछ ‘भात क्रेज’


Boiled-Rice

चामल खपत बढ्दै गर्दा नेपाल लगायत विश्वका विभिन्न मुलुकमा ‘भाते संस्कृति’ मौलाउँदै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ। कारोबार दैनिकमा समाचार छ।

संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ)ले सार्वजनिक गरेको ‘फुड आउटलुक २०१६’ ले विश्वमा चामलको उपभाेग बढ्दै जाँदा माैज्दात घट्दै गरेको निष्कर्ष निकालेको छ।

अार्थिक वर्ष २०१५÷१६ मा विश्वभर कुल २ अर्ब ५२ करोड ७७ लाख टन खाद्यान्न उत्पादन भएको संशोधित अनुमान छ।

त्यस्तै गत वर्ष २ अर्ब ५२ करोड २९ लाख टन उपभोग भएको तथ्यांक छ। तर, चामलको उपभोग भने बर्सेनि बढ्दो छ। गत वर्ष विश्वभर ४९ करोड १ लाख टन चामल उत्पादन भएकोमा ४९ करोड ६४ लाख टन उपभोग भएको देखिन्छ।

तथ्यांकअनुसार गत वर्ष विश्वभर उत्पादन र उपभोगबीच अन्तर रहेको ६३ लाख टनको पूर्ति भने मौज्दात चामलबाट भएको हो। बर्सेनि उत्पादनभन्दा उपभोग बढ्दै जाँदा मौज्दात घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !