११ बैशाख २०८१, मंगलबार

पूर्वमन्त्री बस्नेत चढेको गाडी दाङमा एम्बुलेन्ससँग ठोकियो, १० जना घाइते


दुर्घटना

तुलसीपुर । पूर्वमन्त्री टेकबहादुर बस्नेत चढेको गाडी दुर्घटनामा भएको छ । पूर्वसामान्य प्रशासनमन्त्री समेत रहेका सांसद बस्नेत चढेको गाडी दाङमा एम्बुलेन्ससँग ठोकिएको हो ।

सल्यानबाट दाङतर्फ आउँदै गरेको बस्नेत चढेको बा ८ च ६९२५ नम्बरको बोलेरो र दाङबाट सल्यानतर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको एम्बुलेन्ससँग ठोक्किएको हो ।

उक्त दुर्घटनामा परी १० जना घाइते भएका छन् । बोलेरोमा सवार घाइते हुनेहरुमा टाउकोमा चोट लागेका पूर्वमन्त्री बस्नेतसहित चालक रमेश ओली र महेश घर्ती रहेका छन् ।

यस्तै एम्बुलेन्समा सवार घाइते हुनेहरुमा रुकुम पश्चिमका कलिभान खत्री, ७४ वर्षीय विष्णु खत्री, श्यामप्रसाद शर्मा, राधिका शर्मा, पुतली खत्री, सुभाष शर्मा र शम्भुप्रसाद शर्मा रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुर स्रोतका अनुसार तुलसीपुर उपमहानगर-३ राणा गाउँमा बलेरो र एम्बुलेन्स ठोक्किएको हो । घाइते भएका पूर्वमन्त्री बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार जारी रहेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !