७ बैशाख २०८१, शुक्रबार

विश्वकै नम्वर १ सेक्युरिटी कम्पनी जि फोर एस नेपालमा २०० जनालाई रोजगारीको अवसर


रोजगारीको अवसर

काठमाडौँ । विश्वकै नम्वर १ सेक्युरिटी कम्पनी जि फोर एस नेपालमा २०० जना भन्दा बढीलाई रोजगारीको अवसर खुलेको छ ।

ISO 9001 : 2015 प्रमाणित अन्तर्राष्ट्रिय मान्यता प्राप्त जि फोर एस सेक्युरिटी सर्भिसेज् नेपाल प्रा. लिमा अपरेशन अधिकृत, सुरक्षा गार्ड तथा सरसफाई श्रमिकको आवश्यकता रहेको छ ।

केहि अपरेशन अधिकृत आवश्यकता परेकोले सोको लागि उप-सेनानी वा सह-सेनानी, सेनानी सोसरह वा सुरक्षा सेवामा अनुभव योग्यता भएकाहरुले आवेदन दिन सक्नेछन् ।

यस्तै १५० जना सुरक्षा गार्ड आवश्यकता परेकोमा काठमाडौँ उपत्यकामा १०० जना भुपु तथा हेटौडा र बीरगंजमा ५० जनाको चहिएकोले इच्छुकले आवेदन दिन सक्नेछन् ।

त्यस्तै ५० जना पुरुष सरसफाई श्रमिकको आवश्यकता रहेकोले साधारण लेखपढ गरेका १८ वर्षभन्दा माथिका कुनै पनि इच्छुक नेपाली पुरुषले आवेदन दिन सक्नेछन् ।

उक्त कम्पनीले विगत २५ वर्षदेखि ४००० भन्दा बढी अनुभवी तालिम प्राप्त सुरक्षाकर्मीहरु मार्फत विभिन्न विदेशी राजदुतावासहरु, कुटनीतिक नियोगहरु, प्रतिष्ठित बहुराष्ट्रिय प्रतिष्ठानहरु, बैंकहरु, प्रतिष्ठित होटेलहरु, अस्पतालहरु, कलकारखानाहरुमा आफ्नो सेवा दिंदै आएको छ ।

हाल यस बहुराष्ट्रिय कम्पनीको लागि विभिन्न पदमा सुरक्षा गार्ड तथा सरसफाई श्रमिकहरुको आवश्यकता रहेको र यस कम्पनीले श्रमिकहरुलाई दिने मासिक तलव भत्ता, उपदान, संचय कोष लगायतका सेवा सुविधा श्रम कानून बमोजिम हुने गरी दिएको हुँदा इच्छुक व्यक्ति (पुरुष तथा महिला) ले निम्न नम्वरहरुमा सम्पर्क गर्नुहुन सक्ने यस कम्पनीका मानव संसाधन प्रवन्धक विनोद प्रसाद मिश्रले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !