१३ बैशाख २०८१, बिहिबार

चक्कु प्रहारबाट चार जना घाइते


चक्कु प्रहार

काठमाडौं । अछाममा बुधबार राति चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । प्रहरीका अनुसार चक्कु प्रहारबाट ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढा घाइते भएका छन् ।

प्रहरीका अनुसार स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धारिलो हतियार प्रहार उनीहरुमाथि प्रहर भएको हो । प्रहरीका अनुसार स्थानीयको बिहे भोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुंगा हानहान हुँदा तपेन्द्र बुढाको समूहले चक्कु प्रहार गरेको प्रहरीको भनाइछ । तपेन्द्र प्रहरी नियन्त्रणमा छन्। अन्य फरार रहेका छन् ।

घाइते भएकाहरुकाे स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएकाे प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !