१३ बैशाख २०८१, बिहिबार

कास्कीका पाँचवटै पालिकामा कूल एक हजार ४९१ उम्मेदवार


स्थानीय निर्वाचन

कास्की । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका पाँचवटै पालिकाबाट प्रमुख तथा उपप्रमुखसहित सदस्यमा एक हजार ४९१ को उम्मेदवारी परेको छ ।

पाँचवटा स्थानीय तहमध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकामा ८०६ को उम्मेदवारी छ । महानगर प्रमुखमा २८ जना र उपप्रमुखमा ११ जनाको उम्मेदवारी रहेको जिल्ला निर्वाचन कार्यलय कास्कीले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिकामा २०६ जनाको उम्मेदवारी परेकोमा पालिका अध्यक्षमा ११ जना र उपाध्यक्षमा पाँच जना छन् । त्यस्तै माछापुच्छ्रे गाउँपालिकामा १८७ जनाको उम्मेदवारी परेकोमा पालिकाको अध्यक्ष र उपाध्यक्षमा छ/छ जना उम्मेदवार छन् ।

मादी गाउँपालिकामा १७५ जनाको उम्मेदवारी रहेकोमा पालिकाको अध्यक्षमा पाँच र उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ भने रुपामा ११७ जनाको उम्मेदवारी परेको छ । रुपामा पालिकाको अध्यक्षमा तीन र उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !