६ बैशाख २०८१, बिहिबार

गभर्नर अधिकारीको रिटमाथि आज सुनुवाइ हुँदै


महाप्रसाद अधिकारी

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै छ । सरकारले थालेको छानबिन रोक्न माग गर्दै गभर्नर अधिकारीले दायर गरेको रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासमा परेको छ ।

सरकारले गत चैत २४ गते गभर्नर अधिकारीमाथि कार्यक्षमताको अभाव र बैंकिङ सूचना चुहाएको भन्दै छानबिन गर्ने निर्णय गरेको थियो । निलम्बनमा परेसँगै गभर्नर अधिकारीले वैशाख ५ गते सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !