१३ बैशाख २०८१, बिहिबार

दुबई जान लागेका ब्रिटिस कलेजका ४६ जना विद्यार्थीलाई अध्यागमनले फर्काइदियो


ब्रिटिस कलेज

काठमाडौं । दुबई जान लागेका ब्रिटिस कलेजका ४६ जना विद्यार्थीलाई अध्यागमन कार्यालयले फर्काइदिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले भिजिट भिसामा दुबई जान लागेका ब्रिटिस कलेजका ४६ जना विद्यार्थीलाई रोकेको हो ।

अध्यागमन कार्यालयले ‘शंकास्पद यात्रा’ भन्दै प्रस्थान अनुमति नदिइ फर्काइदिएको हो । उनीहरु आज मंगलबार बिहान दुबई जान अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

शिक्षा तथा प्रविधि मन्त्रालयको सिफारिस र अध्यागमन विभागको पूर्व स्वीकृति नभएकाले विमानस्थल स्थित अध्यागमन कार्यालयले उनीहरुलाई प्रस्थान अनुमति दिन अस्वीकार गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !