७ बैशाख २०८१, शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका समस्या तत्काल समाधान गर्नुहोस् : गृहमन्त्री


बालकृष्ण खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

विमानस्थलमा समस्या रहेको गुनासो आएपछि गृहमन्त्री खाँणले सोमबार बिहान तत्काल समाधान गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाँणले सोमबार बिहान अध्यागमन विभागका महानिर्देशक, अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृतलगायतलाई बोलाएर उक्त निर्देशन दिएका हुन् ।

तत्काल सुधारको काम थाल्न निर्देशन दिँदै गृहमन्त्री खाँणाले सुधारका लागि सरकारबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !