७ बैशाख २०८१, शुक्रबार

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु


दुर्घटना

काठमाडौं । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भारतीय नम्बरको दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा बाराको आदर्श कोतवाल गाउँपालिका-५ का २२ वर्षीय कमोद यादवको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा गरुडास्थित ग्रान्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाइएको छ । दुर्घटनालगतै फरार रहेका अर्का मोटरसाइकल चालकको खोजी भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !