१३ बैशाख २०८१, बिहिबार

मोटरसाइकल दुर्घटनाबाट चार महिनाकी नाबालिकाको मृत्यु


दुर्घटना

भक्तपुर । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल दुर्घटनाबाट चार महिनाकी लोसाङ डोल्मा तामाङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनाबाट गम्भीर घाइते भएकी उको उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको छ । बुबा बुद्ध र आमा सुस्मिता तामाङको उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !